सिन्धुली, २९ चैत ।

बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ मा पर्ने गढी गेट नजिक भारतीय कार दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । गएराति साढे १२ बजे फूर्वबाट काठमाण्डौतर्फ जाँदै गरेको बीआर ०६ डिडि ०६८७ नम्बरको भारतीय कार सडकबाट ५ सय फीट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभएको छ ।

यसैबिच बैतडीमा जिप दुर्घटना, एकै गाउँका ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका ८, झाउलेक भन्ने स्थानमा दुर्घटना भएको हो ।

जिप सडकबाट करिब ५०० मिटर तल खस्दा बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामीको मृत्यु भएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभएकोे छ ।

दुर्घटनाको समयमा जिपमा १२ जना सवार रहेको र तीमध्ये ५ जनाले हामफालेर ज्यान जोगाएको र चालक फरार रहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर