हापुरे, चैत २७ गते ।
दाङको बबई गाउँपालिका ५ जौंबारीमा एक घरमा आगलागी भईको छ । सोमबार दिउँसो दिउसो करिव साढे २ वजेको समयमा बबई ५ जौंवारी घुमाउरेका भुम बहादुर रावतको घरमा आगलागी भएको ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख प्रहरी नायव निरिक्षक भीमबहादुर सुनारले जानकारी दिनुभयो ।

 

आगलागीबाट रावतको घर जलेर पुर्णरुपमा नस्ठ भएको तर कुनै मानवीय क्षति भने नभएको सुनारले बताउनुभयो । आगलागीबाट करिव ३ लाख १० हजार वरावरको क्षेती भएको प्रहरीले बताएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन । दिउसो साढे २ वजेबाट लागेको आगो १ घण्टा पछि बबई ५ का वडाध्यक्ष हर्क बहादुर श्रीस मगर,इलाका प्रहरी कार्यालय हापुरेका प्रहरी र स्थानियको सक्रियतामा नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर