हापुरे,चैत २७ गते।

लक्ष्मी लघुबित्त बित्तिय संस्था लिमिटेड हापुरे शाखाले नयाँ बर्ष २०८० अवसरमा शुभकामना आदानप्रदान तथा बनभाेज कार्यक्रम सम्पन्न गरेकाे छ। लक्ष्मी लघुबित्त बित्तिय संस्था लिमिटेड हापुरे शाखाकाे आयाेजनामा तुलसीपुरकाे राप्ती शान्ति उधान (गणेशपुर पार्क) मा कार्यक्रम सम्पन्न भएको हाे।

लक्ष्मी लघुबित्त बित्तिय संस्था लिमिटेडमा आबद्द ५८ जना सदस्यीयहरुका बिच नयाँ बर्ष २०८० काे अवसरमा शुभकामना आदानप्रदान गरिएको लक्ष्मी लघुबित्त बित्तिय संस्था लिमिटेड हापुरे शाखाका शाखा प्रबन्धक राेहितप्रसाद भट्टराईले जानकारी दिनुभयो।

कार्यक्रममा शाखा प्रबन्धक भट्टराई, केन्द्र नम्बर २६ का प्रमुख लक्ष्मी कुमारी वली माता मनकामना पाेलिकिल्निक प्रा.ली हापुरेका ब्यबस्थापक घनश्याम घिमिरे लगायतकाले शुभकामना मन्तब्य राख्नुभएकाे थियाे । कार्यक्रमकाे सहजिकरण संस्थाका लेखापाल वीर बहादुर कठायतले गर्नुभएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर