चैत २७, बाँके ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रमुख उद्धेश्य आर्थिक विकास र समृद्धि भएको बताउनु भएको छ । सोमबार नेपालगञ्जमा सुरु भएको राष्ट्रिय युवा संघ नेपालको ९ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपाली नै नेकपा एमालेको प्रमुख उद्देश्य भएको बताउनु भयो ।

उहाँले ‘एमालेले तीनवर्षको अवधीमा आर्थिक विकास र समृद्धिका लागि नमूना योग्य काम गरेको बताउदै वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक अवस्था ध्वस्त बनाएको अवस्था बताउनु भयो ।’

अध्यक्ष ओलीले राष्ट्र बनाउने संकल्प एमालेसँग मात्रै रहेको भन्दै रोजगारीका लागि युवाहरु विदेश जाने अवस्था अन्त्य हुन आवश्यक भएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर