
प्युठान, २४ चैत ।
प्युठानमा बसको ठक्करबाट एकजना एसईई परीक्षा दिने परीक्षार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेल्बास माध्यामिक विद्यालय तापामा अध्ययनरत स्वर्गद्वारी नगरपालिका ७ तापाका १५ वर्षीय प्रतीक घर्ती रहेको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भिर घाइते भएका घर्तिको अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विद्यानन्द मावि जुडापाटा परीक्षा केन्द्रमा एसईई परीक्षा दिएका विद्यार्थीलाई फर्काउदै गरेको लोक चेतना एकेडेमीको लु १ क १०९४ नम्बरको स्कुलबस र लु ६६ प ५३४९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको हो । बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।