
टोपबहादुर चौधरी-हापुरे ,२२ चैत ।
शान्तिनगर ६ देविपुरमा जिप दुर्घटना हुँदा एक जना घाईते भएका छन् । तुलसीपुरबाट पश्चिम तर्फ आउदै गरेको लु १ ज ११६८ नम्बरको जिप सडकबाट पल्टिदा दुर्घटना भएको ईलाका प्रह्री कार्यालय खिलतपुरका ट्राफिक प्रहरी छवि केसीले जानकारी दिनु भएको छ ।


दुर्घटनामा घाईते हुनेमा जिप चालक रञ्जित केसी रहेका छन् । बिहान तुलसिपुरको नम्बर खान तिल्वारी देखि राउतरा तर्फ जाँदै गर्दा जिप पल्टिएको बताईएको छ । दुर्घटना बिहान साडे ७ वजे भएको थियो । घाईते चालकको तुलसीपुर सिटि हस्पीटलमा उपचार भईरहेको छ । जिपमा चालक केसी मात्रै सवार रहेको प्रहरीले बताएको छ ।