हापुरे, २१ चैत्र ।
बबई गाउँपालिका ३ हंसपुरका एक ब्यक्तिले हराएकी आफ्नी श्रीमतीलाई खोजी गरिदिन अनुरोध गरेका छन् । बबई ३ हंसपुर दाङ घर भएका लिलाधर परियारले आफ्नी श्रीमती हराएको भन्दै खोजी गरिदिन ईलाका प्रहरी कार्यालय हापुरेलाई अनुरोध गरेका छन् ।

 

उनकी श्रीमती बेलमती परियार चैत्र २० गते सोमबार घरबाटै श्रीमती बेपत्ता भएकाले बेलमतीको खोजी गरिदिन अनुरोध गरेका हुन । बेलमती सोमबार बिहान सम्म घरमै भएपनि दिउसोबाट हराईरहेकाले खोजी गरिदिन प्रहरीमा हुलिया कटाएको ईलाका प्रहरी कार्यालय हापुरेका प्रहरी नायब निरिक्षक भीमबहादुर सुनारले जानकारी दिनु भयो ।

प्रहरी नायब निरिक्षक सुनारका अनुसार गुलाफि रंगको कुर्ता, हरियो सुरुवाल र रातो जकेट लगाएकी ५ फुट २ ईन्च उचाई भएकी, गहुँगोरो वर्णकी वर्ष ३६ की बेलमतीको खोजी कार्य भईरहेको र भेटाउने महानुभावले नजिकैको प्रहरी चौकीमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ । हराएकी बेलमतीका २ वटा अपांग बच्चा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर