हापुरे २०, चैत ।

बबई गाउँपालिका वडा नं. ५ का हजार दिने आमाहरुलाई पोषण यूक्त आहारा वितरण गरिएको छ । वडाको वार्षिक निति तथा कार्यक्रम अनुसार वडाका सय जना हजार दिने आमाहरुलाई पोषण यूक्त आहारा वितरण गरिएको हो ।

वडा नं. ५ का जौवारी, जलुके, हुरुम, तल्लो बबरपुर लगाएतका ठाउँका सय जना हजार दिने आमाहरुलाई कार्यक्रम अन्तरगतको एक एक क्यारेट अण्डा वितरण गरिएको वडा अध्यक्ष हर्क बहादुर श्रीसले जानकारी दिनु भएको छ ।

आमा र बच्चाको पोषणमा सुधार गर्न र सुत्केरी आमाको स्याहारका लागी अण्डा वितरण गरिएको बताईएको छ । कार्यक्रममा वडा अध्यक्ष श्रीस सहित वडा सदस्यहरु नोखि डाँगि, साबित्रा सुनार, वडा सचिव लक्ष्मी भन्डारि, पत्रकार तथा स्वास्थ्य स्वयंसेविकाहरु उपस् िरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर