
हापुरे १९ चैत ।
पश्चिम दाङमा अटो पल्टिदा ३ जना घाईते भएका छन् । बबई गाउँपालिका ५ को सिमगैरामा अटो पल्टिदा ३ जना घाईते भएको ईलाका प्रहरी कार्यालय हापुरेका ईन्चार्ज प्रहरी नायब निरिक्षक भीमबहादुर सुनारले जानकारी दिनु भएको छ ।
हापुरे वजारबाट खयरभट्टी जाँदै गरेको रा.१ ह. ५०३० नम्बरको अटो आईतबार बेलुका करिब साडे ५ वजेको समयमा एक्सल भाचिएर सिमगैरामा दुर्घटना हुँदा बबई ५ खयरभट्टीका ५९ वर्षकी पुनमकली कामी, सोही ठाउँका वर्ष ३४ सुरज कामी र वर्ष ४० का दुर्गा कामी घाईते भएको प्रनानि सुनारले जानकारी दिनु भयो ।


प्रहरी ईन्चार्ज सुनारका अनुसार घाईतेहरुको अबस्था सामान्य रहेको र उनीहरुको उपचार हापुरेको मातामनकामना पोलिक्लिनिकमा भईरहेको छ । अटो र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।