
तुलसीपुर, १८ चैत्र । दाङको तुलसीपुरमा एक नाबालिकाले अप्रिय निर्णय लिदा परिवार शोकमा डुबेको छ । तुलसीपुर उपमहानगरपालिका – ३ दमारगाउँ निवासी अमर बहादुर थापाको १० वर्षिया छोरी सृष्टि थापाले शुक्रबार बेलुकी अप्रिय निर्णय लिएपछि उक्त परिवार शोकमा डुबेको हो ।
बेलुकीपख घरको माथिल्लो तलामा सलले पासो लगाएको अवस्थामा आमा सरिताले देखेपछि निकालेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । सृष्टि गाउँकै युनाइटेड अकाडेमी स्कुलमा कक्षा ४ मा अध्ययनरत थिइन ।

सृष्टिले आफ्ना साथीहरूसँग मर्न मन लागेको बताउने गरेको तुलसीपुर उपमहानगरपालिका –३ का वडा अध्यक्ष वीरबहादुर बिक विजयले जानकारी दिनुभयो । उहाँका अनुसार यो सँगै ४ जना बालिकाले आत्महत्या गरेका छन् । वडा अध्यक्ष विकका अनुसार ११, १३ र १४ वर्षकी बालिकाले यस अघि नै सुसाइट गरेका छन् ।।