
तुलसीपुर, १८ चैत । दाङ सहित देशका विभिन्न स्थानमा गयराती देखी परेको पानी अहिले पनी जारी रहेको छ । जसले गर्दा नागरीकको जनजिवन प्रभावित भएको छ । वर्षा निरन्तर भइरहेकाले दाङको तुलसीपुर, घोराही, लमही, भालुबाङ, हापुरे लगायत बजारमा यतीवेला सुनसान देखिएको छ । देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेकाले देशका धेरै स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
हिउदयाम भरी नभएको वर्षा अहिले निरन्तर हुन थाले पछी कृषकहरुलाई भने राहत महसुस भएको छ । आज दिउँसो लुम्बिनी, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यो क्रम आइतबार सम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
