
दाङ, ८ चैत ।
दाङमा लागु औषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको घोराही उपमहानगरपालिका १५ निवासी १९ वर्षीय त्रिशक्ति बर्तौला, गडवा गाउँपालिका ४ निवासी ३५ वर्षीय सद्धाम मनिहार, सोही ठाँउ निवासी २४ वर्षीय अनिल पहाडी, २७ वर्षीय प्रदिप चौधरी र २५ वर्षीय मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभएको छ ।


प्रहरीका अनुसार गडवा गाउँपालिका ४ निवासी दुखिराम चौधरीको घरमा उनीहरुले लागु औषध सेवन गरीरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गडवाबाट खटिएको प्रहरीको टोलीले ११ ब्राउन सुगर सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका पाचै जनालाई जिल्ला अदालतबाट म्याद थपगरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।