हापुरे ८ चैत ।
हापुरे वजार पश्चिम दाङको प्रमुख ब्यापारिक केन्द्र हो । बबई गाउँपालिकाको केन्द्रमा रहेको यो वजार स्थापित हुँदै गरेको वजार हो । २०६२।०६३ को जनआन्दोलना अगाडी तत्कालिन सरकार पक्ष र बिद्रोही पक्ष विच शान्ति वार्ता भएको हापुरे उसो त विश्व प्रख्यात नाम हो ।
शान्ति वार्ता पछि धेरै क्षेत्रमा हापुरे भन्ने नाम सुन्न पाईन्थ्यो ।

देशमा शान्ति स्थापना पश्चात भएको विकासक्रम अनुसार विकसित वजारको रुपमा स्थापना भएको यो वजार अब्यबस्थित देखिन थालेको छ । त्यतिबेलाको एउटा सानो गाउँ अहिले उदाउँदो सहर हुदाँ स्थानियमा खुसी त आएकै छ । तर उदाउँदो सहरको फोहर ब्यबस्थापन हुँन नकस्दा भने चिन्ता बढ्न थालेको छ ।

वजारबाट निस्किएको फोहरको सहि ब्यबस्थापन हुन नसक्दा स्थानियलाई असर पर्न थालेको छ । वजारबाट निस्किएको फोेहर हावा लागे हावाले उडाएर, पानि परे पानिले बगाएर किसानको वारी भरी छपक्कै हुन्छ । त्यसो त स्थानिय सरकारले पनि फोहर ब्यबस्थापनका लागी काम गरि रहेको छ । वजारका धेरै स्थानमा फोहर संकलनका लागी डस्टविनहरु राखिएको छ । फोहर उठाउन ट्याक्टरको प्रयोग गर्ने गरिएको छ । तर पनि अझैपनि वजार वाट निस्केको फोहर ब्यबस्थापन हुन सकेको छैन ।

घर तथा वजार बाट निस्केको फोहर पाल्ने ठाउँको पनि सहि ब्यबस्थापन हुँन नसकेको बबई ५ सिमगैरा खयरभट्टीका स्थानियहरुको गुनासो छ । हापुरेबाट फोहर लगेर चिरामा फालिन्छ त्यो फोहर ढलले बगाएर सिमगैरा खयरभट्टी पु¥याउछ एक स्थानियले भने । विभिन्न समयमा बिभिन्न संघ संस्थाहरुले पनि हापुरे वजार सरसफाईको कार्यक्रम चलाछन ।

स्थानिय सरकारले पनि साप्ताहिकरुपमा फोहर उठाउछ तर पनि वजारको फोहरले बजार देखी दक्षीण पट्टिका खेती योग्य जमिन छपक्कै हुन्छ । अब्यबस्थित सहरीकरणका कारण चुनौती पुर्ण बन्दै गएको फोहर ब्यबस्थापनका लागी समय मै ध्यान नदिए यो समस्या वजारको मुख्य समस्याका रुपमा रहने कुरामा दुई मत छैन ।

अब्यबस्थित फोहर ब्यबस्थापनमा स्थानिय ब्यपारी, उद्योग वाणिज्य संघ, अन्य यस संग सम्वन्धित संघ संस्था तथा स्थानिय सरकारले विशेष ध्यान दिएर यसको समयमै सहि ब्यबस्थापन गर्न आबश्यक छ । समय मै यसको सहि ब्यबस्थापन गर्न नसके यहि समस्या बिक्राल समस्याका रुपमा रहेछ । जसले गर्दा स्थानियहरुलाई फोहर ब्यबस्थापनको चिन्ताले पिरोली रहने छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर