हापुरे ७ चैत ।
बबई गाउँपालिका ५ जौंबारीको एउटा घर र गोठमा आगलागी भएको छ । मंगलबार दिउसो करिव साडे १ वजेको समयमा बबई ५ जौंवारीका जंगबहादुर थापाको घर र गोठमा आगलागी भएको ईलाका प्रहरी कार्यालय हापुरेका ईन्चार्ज प्रहरी नायव निरिक्षक भीमबहादुर सुनारले जानकारी दिनुभएको छ ।

आगलागीबाट घर र गोठ जलेर पुर्णरुपमा नस्ठ भएको प्रनानि सुनारले जानकारी दिनु भएको छ । उहाँका अनुसार आगलागीबाट कुनै मानविय क्षेती भने भएको छैन । आगलागीबाट करिव साडे तिनलाख वरावरको क्षेती भएको प्रहरीले बताएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

दिउसो साडे १ वजेबाट लागेको आगो १ घण्टा पछि प्रहरी र स्थानियको सक्रियतामा नियन्त्रणमा आएको थियो । आगलागी पिडितलाई बबई गाउँपालिका बिपद ब्यबस्थापन समितीको तर्फबाट तत्कालका लागी खाद्यान्न तथा त्रिपाल लगाएतका सामग्री उपलब्ध गराईएको छ । थप राहतको समेत ब्यबस्थापन गर्ने गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर