
दाङ ७ चैत ।
दाङमा जंगली जनावरको सुकुटी सहित १ जना पक्राउ परेका छन् । फत्राउ पर्नेमा राजपुर गाउँपालिका ७ छेकरीयानाका ४९ वर्षिय कमान सिं बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जंगलि जनावरको सुकुटी बोकेर राजपुर ५ नौसाराको हुलाकी राजमार्गमा हिडि रहेको भन्ने गोप्य सुचनाको आधारमा उनलाई आज विहान करिव ८ वजे तिर २० के.जी सुकुटी सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकरी दिनु भएको छ ।


गौतमका अनुसार ईलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी चंगुवाबाट खटेको प्रहरी टोलीले सुकुटी तौल गरेर फर्किदै गर्दा उनलाई पक्राउ गरि २ वठा बोरामा रहेको सुकुटी समेत बरामद गरेको बताईएको छ । पक्राउ परेका विकलाई आबश्यक कार्वाहीका लागी डिभिजन वन कार्यालय लमहीमा बुझाएको प्रहरीले बताएको छ ।