यस वर्षको एस.र्ई.ई.परिक्षामा दाङबाट १३ हजार ४ सय ५२ विद्यार्थी सहभागी हुँदैछन् । जसमा छात्रा ७ हजार १ सय ६ जना छन् भने छात्र ६ हजार ३ सय ४६ जना रहेको शिक्षा विकास तथा समन्वय ईकाई दाङका निमित्त इकाइ प्रमुख देवमनी चौधरीले जानकारी दिनुभयो । त्यसमध्येमा पनि २ जना छात्रा र १ जना छात्र गरी ३ जना अपाङ्गता विद्यार्थीको पनि सहभागीता रहेको प्रमुख चौधरीले बताउनुभयो ।

 

प्राविधिक धार (नियमित) तर्फका ३ सय ४० जना,साधारण (नियमित) तर्फका १२ हजार ८ सय २८ जना र ग्रेड वृद्धि तर्फका २ सय ८४ जना गरी कुल १३ हजार ४ सय ५२ विद्यार्थी रहेका छन् । एस.इ.ई.परिक्षाका लागी दाङमा ४५ वटा परिक्षाकेन्द्र तोकिएको छ । अहिले उत्तरपुस्तिका तयार पार्ने काम भईरहेको र केन्द्राध्यक्षको मनोनयन एक हप्ता भित्र हुने प्रमुख चौधरीले बताउनुभयो । एस.र्ई.ई.परिक्षा चैत्र १७ गते देखि सुरु हुदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर