तुलसीपुर,६ चैत ।

तुलसीपुरमा चार्जमा राखेको आइफोन चोरी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर– ४ खाद्रेका २० वर्षीय दुर्गा बिक रहेका छन् । चैत २ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ की शुस्मिता जिसी पुनको आइफोन आफ्नै घरमा चार्जमा राखेको अवस्थामा चोरी भएको थियो । आर्ईफोन चोरी भएको  भन्दै जीसीले प्रहरी दिएको जाहेरीका आधारमा उनलाइ पक्राउ गरिएको हो ।

साथै बिकले तुलसीपुर १९ स्थित बासको झ्याङमा लुकाई राखेको अवस्थामा आइफोन पनि फेला पारेको ईलाका प्रहरी कार्यालय तुलसपिुरका प्रहरी निरिक्षक पर्वत केसीले बताए । प्रहरीका अनुसार बिकले तुलसीपुरका विभिन्न स्थानबाट विभिन्न समयमा टिभी, नगद, मोबाइल लगायतका सरसामानहरु पनि चोरी गरेको बताएका छन् । बिकलाई दाङ देउखुरी जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर