
दाङ, चैत्र ५ गते ।
दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक प्यूठान नौबहीनी गाउँपालिका -६ निवासी ३२ वर्षका राजन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन कुमार गाैतमले जानकारी दिनुभयो ।


त्यस्तै गम्भीर घाईते हुनेमा केसीकाे श्रीमती बर्ष २६ कि सन्ध्या केसी र बर्ष २ कि छोरी राष्ट्रियता केसी रहेको प्रवक्ता गाैतमले जानकारी दिनुभयो । राजनको राप्ती राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा पौने ६:५० बजे मृत्यु भएको हो ।
घोराही देखी लमही तर्फ जादै गरेको प्रदेश ०३–००१ क.०१६९ न.को मिनी ट्रकले विपरित दिशाबाट आँउदै गरेको बाग्मती प्रदेश ०२–०१६ प. ३६५७ न.को मोटरसाइकललाई घोराही उपमहानगरपालिका – ३ कुइरेपानीमा अन्दाजी साँझ ६ बजे ठक्कर दिदा दुर्घटना भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको बताएको छ ।