
हापुरे, ५ चैत ।
दाङको बबई गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्काले सामाजिक सद्भाव कायम गर्नु सबैको दायित्व भएको बताउनुभएको छ। बबई कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत बबई २ को बगालेमा गठन भएको प्रगतिशील स्वावलम्बी समुहले आयाेजना गरेकाे ह्विलचेयर उपहार कार्यक्रममा बाेल्दै उपाध्यक्ष खड्काले यस्तो बताउनुभएको हाे ।

ब्लड प्रेसरका कारण शारीरिक रुपमा अशक्त भइ हिडडुल गर्न नसक्ने अवस्था भएका बबई गाउँपालिका वडा २ निवासी टोप बहादुर दर्लामीलाई समुहले ११५०० बराबरको ह्विलचेयर उपहार स्वरुप प्रदान गरेकाे प्रगतिशील स्वावलम्बी समुहका अध्यक्ष पार्वती वलीले बताउनुभयो । समुहको तर्फबाट ५ हजार त्यस्तै जनप्रतिनिधि र परियोजनाका कर्मचारीबाट ६ हजार पाँच सय गरि ११५०० बराबरको ह्विलचेयर प्रदान गरिएको हाे
परियोजना मार्फत प्राप्त आधारशीला तालिम पश्चात् भावनात्मक र सामाजिक सद्भाव एवम् सामाजिक उत्तरदायित्वको महसुस गर्दै सामाजिक प्राणीका नाताले आफुहरुले स्वतस्फूर्त रुपमा सहयाेग गरेकाे अध्यक्ष वलीले बताउनुभयो ।
कार्यक्रममा बबई गाउपालिका उपाध्यक्ष बमकुमारी खड्का, वडा नम्बर २ का वडा अध्यक्ष टेक बहादुर वली,वडा सदस्य हरि बहादुर वली परियोजनाका प्राबिधिक संयोजक राम बहादुर वली, सामुदायिक सहजकर्ता संगम केसि लगायतको सहभागिता भएको थियो ।