हापुरे, ४  चैत । 

दाङको बबई गाउँपालिका ५ बबरपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। लक्ष्मी लघुबित्त बित्तिय संस्था लिमिटेड हापुरे शाखाकाे आयाेजना तथा मातामनकामना पाेलिकिल्निक प्रालिकाे प्राविधिक सहयाेगमा जनता माबि बबरपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हाे।

शिविरमा वडा नम्बर ५ का जाैबारी, बबरपुर, जलुके, कुमालगाउ, वडा नम्बर १ काे गंगटे लगायतका क्षेत्रका २२ जना जेष्ठ नागरिक,४३ जना पुरुष,१३६ जना महिला र १२ जना बालबालिका गरि जम्मा २१३ जना बिरामीहरुले एमबिबिएस डा. राजिव झा मार्फत निशुल्क चेकजाँच तथा परामर्श संगै ओैसधी लगायतको सेवा लिएको लक्ष्मी लघुबित्त बित्तिय संस्था लिमिटेड हापुरे शाखाका प्रबन्धक राेहितप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

लघुबित्तले बित्तिय काराेबार संगसंगै गैर बित्तिय क्रियाकलापहरु समेत सञ्चालन गर्ने उदेश्यका साथ रकम अभावमा उपचारका लागी टाढा जान नसक्ने ग्रामिण क्षेत्रका नागरिकको सेवाका लागी बिशेषज्ञ डाक्टरकाे उपस्थितिमा निशुल्क स्वास्थ शिबिर आयाेजना गरेको भट्टराईले बताउनुभयो ।

निशुल्क स्वास्थ्य शिबिर उद्घाटन कार्यक्रममा बबई गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष हर्क बहादुर श्रिस मगर,जनता मावि बबरपुरका बिधालय ब्यबस्थापन समिति अध्यक्ष मन कुमारी पुन मगर, प्रधानाध्यापक मस्त बहादुर खड्का, मातामनकामना पाेलिकल्निक हापुरेका मेडिकल अफिसर एमबिबिएस डा. राजिव झा, ब्यबस्थापक घनश्याम घिमिरे,रेडियो हापुरेका कार्यालय प्रमुख रामप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियाे ।

लघुबित्त संस्थाहरुकाे भिडमा लक्ष्मी लघुबित्त बित्तिय संस्था लिमिटेडले निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेर उदाहरणीय काम गरेकाे प्रति स्थानीयहरुले खुसि ब्यक्त गर्दैं धन्यवाद समेत ज्ञापन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर