
खैरेनी, ४ चैत ।
शान्तिनगर गाउँपालिका उपाध्यक्ष प्रेमा केसीले बित्तिय संलग्नता भएमा सबै क्षेत्रमा आवश्यक नियमन अनुगमन तथा मुल्यांकन प्रणाली र एक आपसमा समन्वयको वातावरण बन्नु आवश्यक रहेको बताउनु भएको छ । उपाध्यक्ष केसीले स्वाबलम्बन लघुबित्त बित्तिय संस्था शान्तिनगर ७ खैरेनिले आयोजना गरेको सदस्य तथा अभिभावक संग अन्तरक्रिया एबं बित्तिय साक्षरता कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।


कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका उपाध्यक्ष केसी नेपाल जस्तो गरिब राष्ट्र मात्र होइन बिस्वका धनी र विकसित राष्ट्रमा पनि लघुबित्त प्रणालीले नागरिकहरुको जिवनस्तर सुधार गरेको बताउनु भएको छ । उहाँले लघुबित्तको वित्तिय प्रणालीमा केही सुधार भए नागरिकको जिवन स्तर माथि उठ्न सक्ने बताउनु भएको छ ।
लघुवित्तका खैरेनी शाखा प्रमुख बिश्वनाथ भन्डारीको अध्यक्षता भएको कार्यक्रममा लघुबित्त बित्तिय संस्थाका क्षेत्रीय प्रबन्धक दिपक महत, तुलसीपुर शाखा प्रमुख उमेश भण्डारीले बोल्नु भएको थियो । कार्यक्रममा समुह ब्यबस्थित गर्ने बिनिता रास्कोटी, रन्जु योगि र सुनिता भट्टराईलाई नगद सहित सम्मान गरिएको थियो भने श्रीमान गुमाएकी शान्तिनगर ७ कि सुशीला बुढाथोकी लाई संस्थाले सुबिधा बिमा बाफत ६ लाख २० रुपैयाँ प्रदान गरिएको थियो । कार्यक्रममा ९५ ओटा समुहका करिब २ सय भन्दा बढिको सहभागिता रहेको थियो । लेखा प्रमुख ओमप्रकाश पुनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बाम देब भण्डारीले गर्नु भएको पत्रकार निरास पाण्डेले जानकारी दिनु भएको छ ।