
हापुरे ४ चैत ।
पश्चिम दाङको बबई गाउँपालिका ५ जाैबारीका स्वर्गिय कलम सिंह खत्रीकाे परिवारलाई खाध्यान्न सहयाेग गरिएको छ। हापुरे मिडिया प्रालिद्वारा सञ्चालित हापुरे अनलाइनद्वारा मृतकका परिवारलाई खाध्यान सहयाेग गरिएको हाे ।
पारिवारिक अवस्था कम्जाेर भएकाले परिवारलाई केही राहात हाेस् भनेर सहयाेग गरिएको रेडियो हापुरेका कार्यालय प्रमुख तथा हापुरे अनलाइनका सञ्चालक रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार यश अघि बबई गाउँपालिका भित्रका गरिव तथा बिपन्न बालबालिकाहरुका लागि न्यानाे कपडा बितरण अभियानबाट संकलित रकम मध्यबाट बचेको रकमबाट २ बाेरा चामाल,५ किलाे दाल र ५ लिटर तेल मृतककाे खत्रिकाे घरमै पुगेर मृतककि श्रीमती दण्डी खत्रीलाई हस्तानतरण गरिएको हाे ।
खाध्यान्न हस्तान्तरण कार्यक्रममा रेडियो हापुरेका सचिव अर्जुन परियार,रेडियो हापुरेका कार्यालय प्रमुख तथा हापुरे अनलाइनका सञ्चालक रामप्रसाद सुवेदी, नेकपा एमाले बबई गाउँपालिका वडा नम्बर ५ वडा कमिटी सचिव भागिराम सुनार,हापुरे खबरका संवाददाता द्वय कमल परियार, मित्रबाबु चाैधरी लगायतकाे उपस्थिति थियाे ।
यसअघि पनि सञ्चारकर्मी सुवेदीकाे सक्रियतामा देश बिदेशबाट संकलित २० हजार ५ सय ५५ रुपैयाँ खत्रीको उपचारका निम्ति सहयाेग गरिएको थियाे । बिगत १९ महिनादेखि हातखुट्टा र शरीर केही नचल्ने अवस्थामा बिस्तारामा थला परेका खत्रीकाे ७९ बर्षकाे उमेरमा गत चैत १ गते बिहान ६:३० बजे निधन भएको थियो ।