
हापुरे ४ चैत ।
दाङको बबई गाउँपालिका वडा नम्बर ४ मा भएको वडा स्तरिय फुटवल प्रतियोगितामा हस्तनापुर फुटबल क्लव विजेता बनेको छ । शनिवार भएको फाईनल खेलमा रियुनियन ब्वाइजलाई ३ एक गोल अन्रले पराजित गर्दै क्लव विजेता बनको हो ।
क्लवका अर्जुन विश्वकर्माले ह्यट्रिक गर्दै आफ्नो टिमलाई विजेता बनाएका हुन । खेलको पहिलो हापमा विश्कर्माले २ गोल गर्दै २ शुन्य गोलको अग्रता दिलाएका थिए । खेलको दोस्रो हापमा रियुनियन ब्वाइजले १ गोल फर्काएको भएपनि विजेता टिमका विश्वकर्माले पुनः खेलको ७३ औं मिनेटमा तेस्रो गोल गरेर टिमलाई विजयी बनाएका हुन । वडा स्तारिय सेलेक्सन खेलमा वडा भीत्रका १० वटा टिमको सहभागिता रहेको थियो ।

