
हापुरे, ३ चैत्र ।
पश्चिम दाङमा भीरमाहुरीको टोकाईबाट एक बालिका सहित २ जना बिरामी परेका छन् । बिरामी हुनेमा बबई गाउँपालिका ७ चरकमटीया निवासी ६० वर्षकी पार्वती थापा र ४ वर्षकी रसिया थापा रहेका छन् ।


घर नजिकै जङ्गलमा गोरु चराउन गएका दुवैजनालाई भीरमाहुरीले दिउँसो साढे ४ बजे टोकेको थियो । बिरामी दुवैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।