
हापुरे ३ चैत ।
पश्चिम दाङको बबई गाउँपालिकाको हापुरेबाट मोटर साईकल चोरी भएको छ । बिहिवार बेलुकी करिव ७ वजे तिर हापुरेको सेन्टर वजारमा रहेको हेमा होटेल अगाडीबाट रा ४ प ३६३५ नम्बरको सुपर स्प्लेन्डर मोटर साईकल चोरी भएको मोटर साईकलका मालिक लक्ष्मण भण्डारीले जानकारी दिनु भएको छ ।


तुलसीपुर ६ का राम बहादुर भण्डारीको नाममा यातायात ब्यबस्था विभागमा दर्ता भएको उक्त कालो रातो कलरको २०१७ मोडलको मोटर साईकल उहाँका छोरा लक्ष्मण भण्डारीले प्रयोग गर्दै आउनु भएको थियो । बाहिर राखेर खाजा खान छिरेको बेला मोटरसाईकल चोरी भएको भण्डारीले बताउनु भयो । भण्डारीले बबई गाउँपालिकाको भुमी शाखामा अमिनकाे रूपमा काम गर्नु हुन्छ ।
यता ईलाका प्रहरी कार्यालय हापुरेका इन्चार्ज प्रहरी नायब निरिक्षक भीम बहादुर सुनारले मोटर साईकल चोरी भएको खबर पाए लगत्तै आफुहरु खोजी कार्यमा लागेको बताउनु भएको छ । उहाँका अनुसार मोटर साईकलको खोजीका लागी सबै ठाउँका प्रहरी चौकीहरुमा खबर गरि खोजी कार्य भईरहेको बताईएको छ ।