तुलसीपुर, ३० फागुन । दाङको तुलसीपुरमा झुन्डिएको अवस्थामा फेला परेकी एक युवतीको मृत्यु भएको छ । आफ्नै घरको भर्याङमा सलले बादेर झुन्डिएको अवस्थामा फेला परेकी तुलसीपुर १८ निवासी २२ वर्षीय मनु घर्तिको उचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आज मंगलबार बेलुका साढे ५ बजेको समयमा घरको भर्याङमा झुन्डिएको अवस्थामा फेला पारी आमाले पासो काटेर उपचारका लागी अस्पताल पुर्याएपनी उपचारकै क्रममा उनको १ घण्टा पछी साढे ६ बजेको समयमा मृत्यु भएको हो । उनी के कारणले पासो लगाएर झुन्डिएकी हुन भन्ने बारेमा नखुलेको र घटनाको विषयमा थप अनुसनधान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर