
हापुरे २९, फागुन ।
जनता मावि बबरपुरमा नमुना पुस्तकालय तथा ई–पुस्तकालय स्थापना भएको छ । यूथ फाउन्डेसन नेपाल र बबई गाउँपालिकाको साझेदारीमा १० लाख ५० हजार रकम बराबरको पुस्तकालय स्थापना भएको हो । बिद्यार्थीलाई आबश्यक पर्ने सम्पुर्ण पुस्तकहरुको संगालो रहेको पुस्तकालयमा खेलकुद सामग्री तथा कम्प्यूटर ल्याव समेतका सामग्रीहरु सोमबार एक कार्यक्रमको आयोजना गरि विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
पुस्तकाल स्थापना कार्यक्रम बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष मनकुमारी परियारको अध्यक्षता तथा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीको प्रमुख आतिथ्यता एवम यूथ फाउन्डेसन नेपालका केन्द्रिय अध्यक्ष फटिक बहादुर थापा, बबई गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मुक्ति नन्द रावल र शिक्षा अधिकृत मोहनलाल दाहालको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।


कार्यक्रममा बोल्दै बबई गाउँपालिका अध्यक्ष खत्रीले भर्खरैमात्र स्थापना भएको माद्यामिक बिद्यालयमा नमुना पुस्तकालय स्थापना हुनु सबैका लागी खुसीको कुरा भएको बताउनु भएको थियो । उहाँले ई–पुस्तकालय स्थापनाले बालबालिकाको शिक्षा प्रतिको चाहाना अझ बढ्दै जाने बताउनु भयो ।
बिद्यालयमा स्थपना भएको पुस्तकालयले बालबालिकाको सिकाई कलालाई अझ निखार्दै लैजानेमा आफु बिश्सस्त रहेको बताउदै पुस्तकालयको सहि सदुपयोग गर्न समेत अनुरोध गर्नु भयो । अध्यक्ष खत्रीले बबई गाउँपालिकाका सबै सामुदायिक बिद्यालयमा यस्ता पुस्तकालयको स्थापना गरि वालवालिकाको सिकाईको स्तरलाई माथि उठाउने कार्यमा लाग्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक मस्त बहादुर खड्काले पुस्तकालय स्थापनमा सहयोग गर्ने सहयोगि निकायलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण बिद्यालयका शिक्षक गोर्वधन खत्रीले गर्नु भएको थियो ।