
हापुरे २८ फागुन ।
पिपुल्स ल्याण्ड ईङ्गलिस बोर्डिङ स्कुल बबई ४ दाङको १६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालय ब्यबस्थापन समिती अध्यक्ष ज्ञान प्रसाद आईतबारेको अध्यक्ष तथा नेस्नल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यता तथा बबई गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष टेकबहादुर वली र बबई गाउँपालिका शिक्षा अधिकृत मोहन लाल दाहालको बिशिष्ट आतिथ्यतामा सम्पन्न वार्षिकोत्सब कार्यक्रममा गत शैक्षिक सत्रका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी डाँगीले अबिभावक वालवालीकाको पहिलो गुरु भएकाले आफ्ना वालवालिकालाई राम्रो संस्कार दिएर हुर्काय उज्ववल भविष्य हुने बताउनु भयो । त्यस्तै बबई गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष टेक बहादुर वलीले पिपुल्स ल्याण्ड बोर्डिङ संथागत विद्यालयहरुको भिडमा अब्बल बिद्यालयको रुपमा रहको बताउदै अझ गुणस्तरिय शिक्षा प्रदानको बाटोमा अगाडी बढ्न शुभकामना ब्यक्त गर्नु भयो ।


त्यस्थै कार्यक्रमका अर्का बिशिष्ट अतिथी बबई गाउँपालिका शिक्षा अधिकृत मोहनलाल दाहालले नेपाल सरकारले संस्थागत बिद्यालयमा लगानी नलगाए पनि स्थानिय अबिभावकको सहयोगमा सञ्चालन भएको बिद्यालयले बबई गाउँपालिकाको केन्द्रमा रहेर शैक्षिक क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गरेको प्रति धन्यबाद ब्यक्त गर्नु भयो ।
वार्षिकोत्सव कार्यक्रममा विभिन्न विधामा २०७८ सालमा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार वितरण, पुर्व सेयर सदस्यहरुलाई सम्मान साथै अतिथिहरुलाई मायाँको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुको गित, कविता तथा नृत्य लगाएतका सांस्कृतिक प्रस्तुतीहरु समेत राखेका थिए ।