
हापुरे २७, फागुन ।
लुम्बिनी प्रदेश खानेपानी तथा सहरी विकास मन्त्री चेतनारायण आचार्यले देश बनाउने पार्टी भेनेको नेकपा एमाले भएको बताउनु भएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनु भएका मन्त्री आचर्यले राजस्व दिनप्रतिदिन ओरालो लागेर मुलुकको अर्थतन्त्र कहालीलाग्दो अबस्थामा पुगेको बताउदै यस्तो अबस्थामा नेकपा एमाले नै अग्रस्थानमा भएमात्र मुलुक आर्थिक संकटबाट बाहिर आउन सक्ने बताउनु भएको छ ।
। मुलुक निर्माण गर्ने एकमात्र पार्टी नेकपा एमाले भएको बताउदै उहाँले यो सन्देश लिएर जनतालाई बुझाउने काम पार्टी कार्यकर्ताको भएको बताउनु भयो । सनिवार पश्चिम दाङको बबई गाउँपालिकामा सम्पन्न भएको कर्मचारी संगठनहरुको सयुक्त भेला तथा मिसन ग्रास रुट अभियान कार्यक्रममा बोल्दै मन्त्री आचार्यले कर्मचारीले कार्यालय समयमा कार्यालयको काम उत्कृष्टताका साथ गर्नु पर्ने बताउदै कार्यालय बहेकको समयमा पार्टी बनाउनमा लाग्नु पर्ने बताउनु भयो ।


नेकपा एमाले बबई गाउँ कमिटीका अध्यक्ष टंकराज विश्वकर्माको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका खानेपानी तथा सहरी विकास मन्त्री आचार्यको प्रमुख आतिथ्यता एवम नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य भुवनेश्वर पौडेलको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण एमाले बबईका सहसचिव सोबि कुमारी खड्काले गर्नु भएको थियो ।