हापुरे, २६ फागुन ।

दाङको बबई गाउँपालिकामा पालिका स्तरीय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन भएको छ।  बबई गाउँपालिकाकाे आयाेजना तथा आई.एन.एफ नेपालद्वारा सञ्चालित मानव बेचबिखन तथा हिंसा अन्त्यका लागि समुदायमा हाम्रो प्रयास (Active) परियोजना दाङको सहजिकरणमा पालिका स्तरीय समिति गठन गरिएको हाे।

बिहिवार बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीकाे अध्यक्षतामा बसेकाे बैठकले पालिका अध्यक्ष कुल बहादुर खत्री क्षेत्री संयाेजक र बबई गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख ईश्वरा रावत सदस्यसचिव रहने गरि १७ सदस्यीय समिति गठन गरिएको हाे।

बैठकको सञ्चालन आई.एन.एफ नेपालद्वारा सञ्चालित मानव बेचबिखन तथा हिंसा अन्त्यका लागि समुदायमा हाम्रो प्रयास (Active) परियोजना दाङका परियाेजना सुपरभाइजर चुलु चाैधरीले गर्नुभएको थियाे।

प्रतिक्रिया

सम्बन्धित खवर