हापुरे १९ फागुन ।

सिमगैरा खयरभट्टि खानेपानी तथा सरसफाई उपभोक्ता समिती बबई ५ को दोस्रो साधारण सभा सम्पन्न भएको छ । समितीका अध्यक्ष पर्साराम वलीको अध्यक्षता तथा बबई गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष हर्कबहादुर सिरिसको प्रमुख आतिथ्यता तथा खानेपानी डिभीजन कार्यालयका ईन्जीनीयर असोक शाह र समाजसेवी कृष्ण बहादुर खड्काको बिशिष्ट आतिथ्यतामा सम्पन्न साधारण सभामा खानेपानीको उपभोक्ता समितीको बिकासका लागी र एक घर एक धाराको अबधारणा अनुसार काम गर्ने विषयमा छलफल भएको थियो ।

समितीका सदस्य भीम बहादुर खड्काको स्वागत मन्तब्यबाट सुरु भएको उक्त साधारण सभाबाट पुनः पर्साराम वलीको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिती चयन गरेको छ । कार्यक्रमको सञ्चालन सचिव नन्दराम वलीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर