हापुरे, फागुन १८ गते ।
दाङको बबई गाउँपालिका वडा नम्बर ४ सुन्दरखालमा एक गाेठमा आगलागी भएकाे छ। सुन्दरखाल स्थित चेतलाल पाण्डेकाे गाेठमा आगलागी भएको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भिम बहादुर सुनारले जानकारी दिनुभयो । अपराह्न ४:३० बजे आगलागीकाे खबर आएपछि प्रहरीकाे टाेली घटनास्थल पुगेको थियाे ।

आगलागीमा परी ७ वटा बाख्रा जलेर पुर्ण रुपमा नष्ट भएको सुनारले बताउनुभयो । ८ वटा मध्य एउटा बाेकाकाे सकुशल उद्दार गरिएकाे सुनारले बताउनुभयो ।

आगलागीकाे खबर पाएपछि प्रहरी टाेली सहित घट्ना स्थल पुग्नुभएका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर वलीले आगलागीबाट बाख्रा संगसंगै ५ मुरी धान, ४ मुरी गहुँ १ हजार लिटरको ड्राम र गाेठमा रहेका दारपातहरु जलेर नस्ट भएको बताउनुभयो ।

बिधुत तार सट भएर आगलागी भएकाे हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। आगलागी भएको १ घण्टा पछि प्रहरी, स्थानीयबासी र जनप्रतिनिधिहरुकाे प्रयासबाट आगाे नियन्त्रणमा आएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर