हापुरे १४ फागुन ।

बबई गाउँपालिकाको आर्थिक वर्ष २०७९।०८० को राष्ट्रिय यूवा परिषद अन्तरगतको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला स्तरिय प्रतिभा पहिचान कार्यक्रम हुने भएको छ । कार्यक्रम अन्तरगत १६ देखी ४० वर्ष उमेर समुहका यूवाहरुका लागी सामाजिक विकासमा यूवाहरुको भसमिका विषयक बक्तित्व कला प्रतियोगिता हुन लागेको बबई गाउँपालिका शिक्षा अधिकृत मोहनलाल दाहालले बताउनु भयो ।

अधिकृत दाहालका अनुसार कार्यक्रम चैत्र १७ गते सञ्चालन हुने छ । बबई गाउँपालिकाको सभाहलमा हुने कार्यक्रममा सहभागी हुन चैत्र १३ गते बेलुकी ५ वजे सम्म निबेदन दिनु पर्ने बताईएको छ । सहभागीलाई आयोजकको तर्फबाट आतेजाते यातायातको सुविधा रहेको पनि बताईएको छ । बक्तित्व कला प्रतियोगितामा प्रथम , द्धितिय र तृतियलाई पुरस्कारको ब्यबस्था गरिएको छ भने प्रदेश स्तरमा हुने प्रतिभा छनौट कार्यक्रममा समेत सहभागी गराईने अधिकृत दाहालले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर