दाङको शान्तिनगर गाउँपालिकामा चोरी भएको छ । चिराघाट स्थित गाउँपालिकाको शिक्षा युबा तथा खेलकुद शाखामा चोरी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले जानकारी दिनुभएको छ ।

शनिवार राती शिक्षा युबा तथा खेलकुद शाखाको ताला फोडेर भित्र प्रवेश गरेर चोरहरुले कम्युटर, सिपियु र प्रिन्टर मेसिनलगायतका गरेर करिब १ लाख ५० हजार बराबरको सामग्री चोरी भएको उहाले बताउनुभएको छ । चोरी गर्ने ब्यक्तीको पहिचान नभएको र सीसीटीभी फुटेज हेरेर अनुसन्धान अगाडी बढाइएको प्रहरी चौकी चिराघाटका प्रहरी सहायक निरीक्षक खड्कबहादुर डाँगीले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर