
हिस्टेरिया ग्रिक शब्द हिस्टरोन अर्थात पाठेघरबाट आएको शब्द हो । २ हजार वर्ष अघि हिप्पोक्रेटस ग्रिक चिकित्सकले यो समस्या महिलामा मात्र देखे र महिलाको पाठेघर संग सम्वन्धितठानेकाले त्यति त्यतिबेला हिस्टेरिया भन्ने नामाकरण गरे । बर्षौ सम्म यो समस्यालाई यसै गरि हेरीयो ।
तर अनुसन्धानले यो समस्या यौन संग कुनैपनि सोझो सम्वन्ध नभएको तर तनाव संग सम्वन्धित रहेको देखायो । हिस्टेरिया रोग विषेश गरेर विवाह नगरेका यूवतीहरुलाई लाग्ने गर्दछ । विवाह गरेका महिलाई पनि यो रोगले सताउन सक्छ । हिस्टेरिया भनेको उत्तेजना हुनु हो । यूवतीलाई सम्भोग गर्न धेरै मन लाग्नु वा धेरै चाहाना हुनु हो । समयमा वा आफ्नो धित मर्ने गरि यौन मजा लिन नपाएको खण्डमा यो रोगले सताउने गर्दछ ।


किन हुन्छ हिस्टेरिया ?
यौन सम्वन्धि समस्याहरुको तनावले, अनुसन्धानका अनुसार तनावका कारण हुन्छ,
तनावको प्रकार जस्तो पनि हुन सक्छः जस्तै लेखाईपढाइको तनाव, नाता सम्वन्धको तनाव, आर्थिक तथा सामाजिक तनाव, प्रतिसपर्धाको तनाव, कामना पुर्ति नहुँदाको तनाव, ईज्जत प्रतिष्ठाको तनाव आदि । संकिर्ण समाजमा यौनसम्वन्धि तनाव निकै हुने गर्दछ ।
अतः यस्ता अब्यक्त मानसिक तनाव शारिरिक लक्षणकोरुपमा कन्भर्ट भई आजकल यो समस्या कन्भर्जन डिसअर्डर भनेर चिनिन्छ । अब्यक्त मानसिक तनाव शारिरिक लक्षणका रुपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो । हिस्टेरिया अबचेतन मनको खेल हो । जसलाई विरामीले मानसिक आघातको बिरुद्ध प्रयोग गर्छ । कुनै ईन्फेक्सनमा ज्वरो आउनु जस्तै यो पनि एक किसिमको मनोबैज्ञानिक प्रतिरक्षा हो ।
हिस्टेरिया भयो भने देखिने लक्षणहरुः
बेहोस हुनु, अदृश्य शक्तिले छोप्नु, हातखुट्टा झमझमाउने र लाटो हुने, घाँटीमा डल्लो अड्के जस्तो महसुस हुने, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, छिटोछिटो स्वास चल्ने, हातखुट्टा नचल्ने, आवाज बन्द हुने, आँखा नदेख्ने, रुने, कराउने चिच्याउने, काप्ने, उत्तेजित हुने, कुटपिट गर्ने, कपडा च्यात्ने, सम्झना शक्ति हराउने आदि यसका लक्षणहरु हुन ।
कतिपय विरामी आफुलाई देविदेवताको अवतारको रुप र अवतार पनि भन्ने गरेको पाईन्छ । हिस्टेरियाका लक्षणलाई स्थानिय संस्कृति, समाज, धर्म र रितिरिवाजले निकै प्रभाव पारेको हुन्छ । लक्षणहरुपनि विभिन्न जातजाती, धर्म तथा समुदाय अनुसार फरक फरक देखा पर्ने गरेको पाईन्छ ।
हिस्टेरियाका लक्षण देखा परेका मानिसलाई कुनै न कुनै मानसिक समस्याले सताईरहेको छ भन्ने बुझ्न पर्छ । सर्वसाभारणले हिस्टेरिया र यौन असन्तुस्टिलाई चाईने भन्दा बढि महत्व दिएको पाईन्छ । यो बुझाई गलत हो । हिस्टेरिया अनेक समस्याको उपज हो । कुनै घट्ना तथा समस्या जसलाई ब्यक्तिले बिबिध कारणले आफ्नो साथी वा परिवारलाई ब्यक्त गर्न नसक्ने अबस्था आउछ त्यो अबस्थामा यो रोगको सिकार हुने सम्भावना बढि हुन्छ ।
साधारण तया यो रोग लागेका महिलाहरुले आफुमाथि आई परेका समस्याहरु कसैलाई नभन्ने र लुकाउने गर्दछन । यसबाट के देखिन्छ भने हिस्टेरिया एउटा कारणले नभई बिभिन्न मनोबैज्ञानिक कारणले लाग्ने रोग हो भन्ने बुझिन्छ ।
हिस्टेरिया महिलाई नै किन ?
महिलाले पुरुष जस्तो मनका कुरा ब्यक्त गर्न सक्दैनन् उनीहरुको मनमा पिडा गुम्सी रहेको हुन्छ । जहाँ पिडा गुम्सिन्छ त्यँहा समस्या बढि हुन्छ । किशोरीहरुकमा बढि देखिनु उनीहरुमा आउने शारिरीक परिवर्तन पनि कारण हो । बिशोरीहरु परिवार र समाजबाट बढि नियन्त्रित हुनु पनि एउटा कारण हो । महिलाहरुले सहनुपर्छ, लजाउनु पर्छ, सेवा गर्नुपर्छ भन्ने जस्ता सामाजिक परम्पराले पनि महिलाहरुमा बढि यो रोग पैदा हुने गरेको छ । महिला बढि अन्तरमुखी बन्न बाध्य हुनु, जिवन साथी रोज्ने, आफ्ना समस्यालाई नलजाई, नडराई भन्न सक्ने अबस्था हुन नसक्नुले पनि हिस्टेरीयाको समस्या महिलाहरुमा बढि देखिने गरेको छ ।
उपचार के हुन सक्छ ?
हिस्टेरिया पुर्णतया मनको खेल हो, अचेतन मनको खेल । यो ब्यक्त गर्न नसकेको ईच्छा वा समस्याहरु द्धारा पैदा भएको तनावको प्रतिरक्षा स्वरुप देखिएको मनको रोग हो । यो रोग म पिडित छु मलाई सहायता गर भन्ने चित्कार हो ।
यस कुरालाई परिवार, समाज र नजिकका ब्यक्तिले सम्बेदनसिल भएर बुझ्न खोज्नुपर्छ । तनावको पहिचान र उपयूक्त निदान नै हिस्टेरियाको सहि समाधान हो । हिस्टेरियाका लागी अहिले सम्म कुनै ट्याब्लेट वा कुनै ईन्जेक्सन बनेका छैनन् । तर केहि औषधीको प्रयोगले यसका लक्षणहरुलाई केहि कमि गरेपनि तनावको सहि ब्यबस्थापन हुन नसके यसका लक्षणहरु पुनः बल्झिन्छन ।
हिस्टेरियाको निदानका लागी तनावको पहिचान आबश्यक छ । विशेषज्ञता प्राप्त ब्यक्तिहरु द्धारा तनावको पहिचान र निदान सम्भव छ । हिस्टेरियाको सर्बोत्तम उपचार माईन्डबडि मेडिसिन हो, साईको थेरापी हो । मास साईकोथेरापी, फेमिली साईको थेरापी, कोग्रिटिव बिहेवियर थेरापी,इएपटि तथा योग, ध्यान, प्रणायाम जस्ता यौगिक क्रियाकलाप द्धारा हिस्टेरियाको उपचार गर्नु उपयूक्त हुन्छ ।