हापुरे १२ फागुन ।

बबई गाउँपालिका ५ का ओविराम सुवेदीले आफ्ना स्वर्गिय बाबु, आमाको सम्झनामा बिद्यार्थी लाई कपि, कलम, ईलेजर, कटर जस्ता स्टेसनरीका सामान वितरण गर्नु भएको छ । सुवेदीले बबई ५ आधारभुत विद्यालय हुरुमका ५३ जना विद्यार्थीलाई स्टेसनरी सहित एक दिनको नास्ता पनि वितरण गर्नु भएको छ ।

आफुना स्वर्गिय बुवा आमाको सम्झनामा विद्यार्थीहरुलाई स्टेसनरीका सामान वितरण गर्दै सुवेदीले गरिव तथा विपन्न परिवारका बालबालिकालाई अध्ययनमा टेवा पुर्याउने उद्धेश्यले उक्त सामग्री वितरण गरिएको बताउनु भयो । सुवेदीले यस अघि पनि जौवारी, भांगावारी लगाएतका स्थानका विद्यार्थीलाई समेत स्टेसनरी सामान वितरण गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर