
के हो ? बाथ रोग ।
बाथरोग एक ‘अटोइम्युन डिजिज’ हो । अर्थात् शरीरको रोग निरोधक शक्तिले शरीरकै अङ्गलाई असर गर्दा बाथरोग हुने गर्छ । सामान्य अर्थमा भन्नु पर्दा बाथ एउटा दीर्घकालीन रोग हो । यो रोग लागि सकेपछि पूर्ण रूपमा निको हुन सम्भव छैन । तर, यसलाई समयमै पत्ता लगायौं र उपचार भयो भने धेरै समस्याबाट जोगिन सकिन्छ ।
कतिपय बाथ वंशाणुगत कारणले पनि हुन्छ । तर, बाथ सरुवा रोग भने होइन । आम मानिसमा बाथ भन्ने बित्तिकै ‘युरिक एसिड’ मात्र हो भन्ने भ्रम छ । युरिक एसिड बाथको एउटा प्रकार मात्र हो । शारीरिक समस्याहरुको सामना गर्नुपर्छ । यसको कारण खराब जीवनशैली र उचित खानपानको अभाव हो । यी मध्ये एक रोग हो बाथ । विगत दुई दशकदेखि मानिसमा बाथको समस्या तीव्र रूपमा बढिरहेको छ । यसले जोर्नीहरू दुखाउने र सुन्निने गराउँछ जसले जीवनको गुणस्तरलाई असर गर्न सक्छ ।


तथ्याङ्कका अनुसार विश्वभर लाखौं मानिस बाथ रोगको समस्याबाट पीडित छन् । पछिल्ला केही वर्ष यता बाथ रोगका घटनामा तीव्र वृद्धि भएको छ । स्वास्थ्य विज्ञहरूका अनुसार केही साधारण कुरालाई ध्यानमा राखेर यसको जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ । जबकि धेरै प्रकारका बाथहरु छन् । तर, बिरामीलाई बुझाउने हिसाबमा यसलाई मुख्य तीन भागमा बाँड्ने गरिन्छ ।
पहिलो, ‘ओस्टियो आरथाइटिस’ (osteoarthritis) आयूर्वेद मा सन्धिबाथ,अर्थात् हड्डी तथा जोर्नी खिइने बाथ । दोस्रो, युरिक एसिड र तेस्रो, अटोइम्युन् बाथ हो । आफ्नै शरीरले आफ्नै शरीरलाई नचिनेर बिगार गर्ने बाथलाई अटोइम्युन बाथ भनिन्छ । यसलाई हामी कडा रोगको बाथ पनि भन्छौ ।
१) ओस्टियो आरथाइटिस (osteoarthritis)
विशेषगरी उमेर बढ्दै जाँदा जोर्नी तथा हड्डी खिइँदा लाग्ने गर्छ । बढ्दो उमेरसँगै देखा पर्ने यो बाथ मोटा मानिसमा र महिलामा बढी देखिन्छ । उमेर बढ्दै जाँदा जोर्नीमा रहेको कुरकुरे हड्डी खिइएर नष्ट हुँदै जाँदा ओस्टियो आरथाइटिस (osteoarthritis) हुन्छ । यस किसिमको बाथले घुँडा, गर्दन, कम्मरको मेरुदण्ड, खुट्टाको बुढी औंलाको फेद, हातका औंलाहरु तथा नितम्बको जोर्नीमा असर पार्छ ।
हड्डी खिइएर बाथरोग हुने भएका कारण यसमा हिँडडुल वा चलमल गर्दा घुँडा, औंलाहरु, नितम्ब, गर्दन र ढाड दुख्ने जस्ता लक्षण देखिन्छ । उमेर र मोटोपनासँगै शरीरमा पोषण तत्व, क्याल्सियम, भिटामिन ‘डी’को कमी तथा थाइराइडका कारणले बाथ लाग्ने गर्छ । यस्तै, महिनावारी सुकेपछि हर्मोनको परिवर्तनका कारण पनि महिलामा ओस्टियो आरथाइटिस बढी हुने गर्छ । त्यस अघि पोषणको अभावका कारण पनि महिलामा यो बाथ देखिन्छ ।
२) युरिक एसिड
बाथ भनेको रगतमा युरिक एसिडको मात्रा बढी भएर उत्पन्न हुने समस्या हो । युरिक एसिड शरीरमा उत्पन्न हुने एक विकार युक्त पदार्थ हो । रगतमा युरिक एसिडको मात्र बढ्दै जाँदा गोडाको बुढी औंला वरपर र पछि अन्य भागमा पनि जोर्नी दुख्छ । तर, आम मानिसमा शरीरका कुनै हड्डी तथा ठुला जोर्नी दुख्यो भने पनि युरिक एसिड नै भयो भन्ने भ्रम छ ।
सबै जोर्नीका दुखाइ युरिक एसिड हुँदैनन् । यसको सुरुवात विशेषगरी बुढी औंला वरपरका जोर्नीबाट हुन्छ । त्यसपछि मात्र अन्यत्र बढ्ने हो । यसमा जोर्नीमा युरिक एसिडको मात्र जम्दै जाने हुन्छ र एक्कासि दुख्ने, सुन्निने, रातो हुँदै जाने हुन्छ । युरिक एसिडले एक्कासि लक्षण देखाउने भएकाले असाध्यै दुखाउँछ । यो रोग बढ्दै गएमा जोर्नी बिग्रिने, बांगिने, युरिक एसिडका डल्ला ठाउँठाउँमा जम्ने र मिर्गौलाको काम बिग्रने तथा मिर्गौलामा पत्थरी समेत हुन सक्छ ।
३) अटोइम्युन
बाथले चाहिँ आँखा, मुटु, मिर्गौला, छाला बिगार्नुका साथै जोर्नी र मांशपेशी समेत बिगार्ने काम गर्छ । यो बाथले कपाल पनि झार्ने गर्छ । समयमै उपचार नभए यी अङ्ग बिगार्नुका साथै जोर्नी बांगिने, छालाका कारण मुख खोल्न नसक्ने जस्ता समस्या आउँछन् । यो बाथका धेरै प्रकारका छन् । सबैको उपचार फरक छ । समयमै उपचार नहुँदा ज्यानै खतरामा पर्न सक्छ । यसलाई नियन्त्रण गर्न अहिले आयुर्वेदिक औषधि हरु आएका छन् ।
बाथ रोगका लक्षणहरु:
सामान्यतया सबै बाथको साझा लक्षण भनेको शरीरका जोर्नीहरु दुख्ने वा सुन्निने हो । त्यसपछि क्रमशः अन्य अङ्गमा असर हुने हो । बाथरोगको लक्षण बाथले असर गरेको अङ्ग अनुसार फरक फरक समस्या देखा पर्न सुरु हुन्छः
– हातका औंलाहरु दुख्ने वा सुन्निने
– बिहान उठ्ने बेलामा हात–खुट्टा अह्ररो हुने
– गोलीगाँठो दुख्ने वा सुन्निने
– राती तथा बिहान ढाड दुख्ने वा अह्ररो हुने
– पिँडौला दुख्ने वा करकर खाने
– खुट्टाको औंला वरिपरि रातो भएर टेक्न नहुने
– कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने
– घुँडा सुन्निने वा दुख्ने ज्वरो आउने,
–आलस्य हुने,
–चाँडै थाक्ने तथा गल्ने
–छालामा निको नहुने घाउ आउने,
–आँखा रातो हुने तथा दुख्ने,
–फोक्सो जाली पर्ने र स्वाँस्वाँ आउने,
–फोक्सोबाहिर पानी जम्ने यसका लक्षण हुन
# बाथरोगबाट बच्ने उपाय
–चिसोमा नजाने ।
–बेलुकी मनतातो पानीमा नुन राखेर पाँचदेखि १० मिनेट हातखुट्टाको औंला सेक्ने ।
–चिसो मौसममा तातो खानेकुरा खाने र न्यानो कपडा लगाउने ।
–धुम्रपान तथा मद्यपान नगर्ने ।
–रातो मासु नखाने ।
–सुकेको गेडागुडी, गोलभेँडा जस्ता खानेकुरा नखाने ।
–शरिरमा निलडाम देखिएमा, मुखमा घाउ आएमा वा
छालामा डाबरहरु देखिएमा तुरुन्त चिकित्सकलाई दखाउने
यसमा माछा, मासु, अन्डा, गेडागुडी, गोलभेँडाको गुदी, खुर्सानीको गुदी, पालुङ साग, च्याउ, कुरिलो, रातो मासु, दही, दूधजन्य पदार्थ खानु हुँदैन । साथै, मदिरा र धूमपान सेवन पनि गर्नु हुँदैन । दूध पिउने नै हो भने पनि दुधको तर् काटेर मात्र पिउनुपर्छ । मुख बारेर एवम् समयमा औषधि खाएर युरिक एसिड नियन्त्रण गर्न सकिन्छ
#बाथका बिरामीका लागि योग
योग पनि एउटा चिकित्सा विधि पनि हो । यसबाट बच्न नियमित योग अभ्यास प्रभावकारी हुन्छ । आर्थराइटिसको समस्याबाट बच्न को लागि योग चिकित्सा विधि जरुरी छ ।
१) वीरभद्रासन योग
यो आसनलाई योद्धा मुद्रा पनि भनिन्छ । यो आसन गर्नको लागि तपाईको स्थिति पहाडमा जाने जस्तै हुन यसमा, आफ्नो खुट्टा पछाडि तान्नुहोस् र अर्को खुट्टा अगाडि जम्पिङ स्थितिमा बनाउनुहोस् । दुबै हात जोडेर टाउको सम्म जानुहोस् । अब आफ्नो हातलाई छातीको अगाडि लैजानुहोस् र फैलिएको खुट्टालाई सीधा गर्नुहोस् । अर्को खुट्टालाई ९० डिग्रीमा राख्नुहोस् र दुवै हातलाई छेउमा तन्काउनु होस् ।
२) सेतुबंधासन योग
यो योगलाई ब्रिज पोज योग पनि भनिन्छ । यो गर्नको लागि पीठको बलमा सुत्नुहोस् । अब खुट्टालाई काँधको चौडाइभन्दा अलि टाढा राखेर घुँडा झुकाउनुहोस् । त्यसपछि हत्केलाहरू खोल्नुहोस् र हातलाई भुइँमा सीधा राख्नुहोस् । श्वास लिँदा कम्मरको भागलाई माथि उठाउनुहोस् । यस अवधिमा काँध र टाउकोलाई समतल जमिनमा राख्नुहोस् । श्वास छोड्दा, फेरि पुरानो अवस्थामा फर्कनुहोस् ।
३) वृक्षासन योग
यो आसन गर्न भुइँमा एक खुट्टा उभिनुहोस् । हातलाई छेउमा राख्नुहोस् र बायाँ खुट्टामा उभिँदा दाहिने खुट्टालाई घुँडामा झुकाउनुहोस् । सन्तुलन कायम राख्नुहोस् र त्यसपछि दुबै हातहरू टाउको माथि उठाउनुहोस् र कुहिनाहरू झुकाउनुहोस् । दुबै हत्केलाहरू एकसाथ जोड्नुहोस् । बिस्तारै श्वास फेर्दै केही बेर यस स्थितिमा रहनुहोस् र त्यसपछि अर्को खुट्टाले उही प्रक्रिया दोहोर्याउनुह पर्छ ।
# बाथ रोग को उपचार
बाथरोगलाई बेवास्ता गर्यो भने मृत्यु पनि हुन सक्छ । बिरामीमा देखिने लक्षण र जोर्नीहरूको जाँच गर्ने बित्तिकै धेरै जसोको रोग पत्ता लाग्छ । कहिलेकाहीँ बाथरोग कति कडा छ वा कुन प्रकारको हो भन्ने बुझ्न रगत परीक्षण तथा एक्सरेको सहायता लिनुपर्ने हुन्छ । धेरै पुरानो रोग तथा औंलाहरू बांगो भइसकेपछि बाथको पहिचान गर्न गाह्रो पर्दैन ।
नेपालमा अलिअलि जोर्नी दुख्यो भने पेनकिलर खाने, युरिक एसिड भयो भनेर बस्ने चलन बढी देखिन्छ, यो एकदम गलत प्रवृति हो । तर, बाथरोगलाई समयमै उपचार गरेर निको बनाउन सकिन्छ । सुरुवाती चरणमै फिजियोथेरापी गर्नुपर्छ । यसले जोर्नीवरपरको लिगामेन्ट र मांशपेसीलाई बलियो बनाउने काम गर्छ । जसले गर्दा जोर्नीको दुखाइ विस्तारै कम हुँदै जान्छ । जटिल प्रकारको बाथरोग लाग्यो भने, यसको आयुर्वेदिक औषधिको माध्यमबाट बाथरोग सजिलै नियन्त्रण गर्न सकिन्छ । बाथरोगको सुरुवाती चरणमा उपचार गराउन सके भविष्यमा शरीर बिकलांग हुनबाट बचाउन सकिन्छ ।
बिरामीको अवस्था हेरेर औषधि प्रयोग गर्न सकिन्छ । बाथरोगको अर्को उपचार बायोलोजिकल एजेन्टस्बाट पनि बाथरोगको उपचार सम्भव छ तर, धेरै खर्चिलो र महँगो पर्ने भएकाले पनि नेपालमा यो उपचार उपलब्ध छैन । बाथ रोगको उपचारको लागि आयुर्वेदिक औषधि कैश्वर गुगुल , योगराज गुग्गुल, गुडुचि चूर्ण र पञ्चकर्म विधि बाट बाथ को पूर्ण उपचार गर्न सकिन्छ ।