तुलसीपुर, १० फागुन ।

दाङको तुलसीपुरमा मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर –६ गुमराह चोक निवासी मोटरसाइकल चालक १९ वर्षका सविन भण्डारी र पछाडि सवार रुकुमको मुसीकोट नगरपालिका –१ घर हाल तुलसीपुर –६ गुमराह चोक निवासी १८ वर्षका राज वली रहेको तुलसीपुर प्रहरीले बताएको छ ।

बेलुकी पाँच बजे एयरपोर्ट तर्फ जादै गरेको रा५प ४८८३ नम्बरको मोटरसाइकललाई लक्ष्मीनारायण मन्दिर नजिकै रा ३ प ७६९७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकल चालक भागेको र उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर