
दाङकाे शान्तिनगर – ५ रगैंजामा एक किशाेर मृत अवस्थामा फेला परेका छन् । शान्तिनगर १ आगरनेटाका १७ बर्षीय प्रमाेद डाँगी मृत रगैंजा नजिकै सानाे तुलसीपुर जाने नालामा मृत अवस्थामा फेला परेकाे ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मान वहादुर विसीले जानकारी दिनुभयाे ।

मंगलबार रगैंजामा फुपुकाे घर बर्थे डे पार्टीमा सहभागि भइ राति १० बजे घर फर्केका डाँगी मृत अवस्थामा फेला परेका हुन् । हाल सम्म घटना स्थलमा परिवार र आफन्ती आइपुगेका छैन् । घटना स्थलमा परिवार र आफन्ती आएपछि शव बारे अनुसन्धान गरिने प्रहरी जनाएकाे छ ।