हापुरे ९ फागुन ।
दाङको बबई गाउँपालिकामा ७३ ओैं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा तिन दिने अन्तर माध्यमिक बिधालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । बबई गाउँपालिककाको शिक्षा युवा तथा खेलकुद शाखाको अयोजनामा गत फागुन ७ गतेदेखी हापुरेको जनकल्याण माध्यामिक बिधालयमा सुरु भएको प्रतियोगीताको मंगलबार एक कार्यक्रमका बिच समापन गरीएको हो ।

खोको छात्र तथा छात्रा तर्फ र फुटबल छात्र तर्फ गरी २ वटा प्रतियोगिता सञ्चालन भएको प्रतियोगितामा बबइर्् गाउपालिका भित्रका ८ वटा बिधालय सहभागीता रहेको थियो । प्रतियोगिता अन्तरगत खोको छात्रा तर्फ प्रथम स्थान जनकल्याण माबि पदमपुरले हासील गरेको छ , द्धितिय स्थान भानुभक्त मावि कौशिलापुरले हासिल गरेको छ । त्यस्तै खोको छात्र तर्फ प्रथम स्थान पुरनधारा एभरेस्ट एकेडेमी र द्धितिय स्थान जनता मावी हंसपुरले हासिल गरेको छ ।

फुटबल तर्फ प्रथम स्थान जनकल्याण माबि पदमपुरले हात पारेको छ भने द्धितिय स्थान पिपुल्स ल्याण्ड बोर्डिङ स्कुल हापुरेले हासिल गरेको छ । प्रतियोगिता अन्तरगत फुटवल तर्फ प्रथम स्थान हासिल गर्न सफल टिमले ९ हजार रुपैयाँ नगत सहीत मेडल र प्रमाण पत्र हात पारेको छ भने,द्धितिय स्थान हासिल गर्न सफल टिमले ५ हजार २ सय पचास रुपैयाँ सहित मेडल र प्रमाण पत्र हात पारेको छ । त्यस्तै खोको छात्र तथा छात्रा तर्फ प्रथम स्थान हासिल गर्न सफल टिमले हजार नगत सहीत मेडल र प्रमाण पत्र हात पारेको छ भने द्धितिय स्थान हासिल गर्न सफल टिमले ३ हजार ७ सय ५० रुपैयाँ नगत सहित मेडल र प्रमाण पत्र हात पारेको छ ।

बबई गाउँपालिका युवा तथा खेलकुद शाखा प्रमुख शिक्षा अधिकृत मोहनलाल दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि कुल बहादुर खत्री क्षेत्री रहनुभएको थियो । बबई गाउँपालिका प्राविधिक साहेक रामचन्द्र वलीले सञ्चालन गरेको काईक्रममा वडा नम्बर ५ का अध्यक्ष हर्क बहादुर श्रीस मगर, वडा नम्बर ७ का वडाध्यक्ष तथा बबई गाउँपालिका प्रवक्ता तिलक राम भण्डारी,बबइ गाउँपालिका सामाजिक बिकास समीती संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर वली लगायतकाले बोल्नुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर