
राष्ट्रिय अभियान अन्तरगत फागुन ११ गते देखि हात्तिपाइले रोग विरूद्धको औषधी सेवन अभियान सुरू हुदैछ । सोही अन्तर्गत बबई गाउँपालिकामा पनि फागुन ११ गते देखि हात्तिपाइले रोग विरूद्धको आम औषधी सेवन अभियान सुरू हुन लागेको हो । हात्तिपाइले रोगबाट बच्नका लागि औषधी सेवन गर्न पालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले बबईबासी सबैमा आग्रह गर्नु भएको छ । राष्ट्रिय अभियानमा सबै सरिक हुन अध्यक्ष खत्रीले सबैमा आग्रह गर्नु भयो ।
हात्तिपाइले रोग लागेका मानिसलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने भएकाले यस रोगबाट बच्न अभियानको बेला औषधी सेवन गर्नुपर्ने बबई स्वास्थ्य शाखा प्रमुख हरी खड्काले बताउनु भयो । हात्तिपाइलेबाट बच्न औषधी सेवन गर्नुपर्ने भएकाले ढुक्क भएर औषधी सेवन गर्न प्रमुख खड्काले आग्रह गर्नु भयो । कसै कसैलाई औषधी सेवन पश्चात सामान्य असर भएपनि आफै निको हुने समेत उहाँले बताउनु भयो । प्रमुख खड्काका अनुसार राष्ट्रिय अभियान अनुसार यस वर्ष स्वास्थ्यकर्मीकै उपस्थितीमा औषधी खुवाईने भएको छ । स्वास्थ्यकर्मीले औषधी दिएपनि धेरै जस्तो मानिषले नखाएर फालेको पाईएकाले यस पटक स्वास्थ्यकर्मीकै अगाडी औषधी खुवाउने उहाँले बताउनु भयो ।

