
तुलसीपुर, ५ फागुन । बैंकको चर्को ब्याजदर, लघुवित्त वित्तिय संस्थाको ज्यादती र मिटर ब्याजका विरुद्धमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङ जिल्ला समितिले शुक्रबार दाङको तुलसीपुरमा विरोध र्याली गरेको छ ।
विरोध कार्यक्रममा सहभागी पार्टीका नेता तथा कार्यकर्ताहरूले लघुवित्त वित्तिय सस्था तथा बैंकहरूले चर्को ब्याजदर असुली गरेर नागरिकको ढाड सेक्ने काम गरेको भन्दै लघुवित्तको ज्यादती बन्द गर, भ्रष्टाचारीलाई कारवाही गर, भूमण्डलीकृत पुँजीवाद मुर्दावाद, नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद, मिटरब्याजी आतङ्क बन्द गर, बिर सहिद लाल सलाम लगायतका नारा लगाउदै बसपार्कबाट सुरु भएको विरोध र्याली घोराही रोड हुँदै नगरपालिका लाइनबाट बजार परिक्रमा गरेर बीपी चोकमा आएर कोणसभामा परिणत भएको थियो ।


कोण सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी दाङ जिल्ला इन्चार्ज लगायत पार्टीका नेताहरूले तत्काल यस्तो समस्याको समाधान राज्यले नगरेपछि लघुवित्त संस्थाहरू र चर्को ब्याजदर असुलेर व्यवसायीलाई सास्ती दिने बैंकहरूलाई आफूहरूले कारवाही गरेरै छाड्ने चेतावनी समेत दिएका छन ।