
राम प्रसाद सुवेदी ।
राेल्पा, फागुन ५ । राेल्पाकाे त्रिवेणी गाउँपालिका ५ जुगारमा जन्मनुभएका अम्मर वली १२ वर्षको उमेरमा भारतकाे चण्डीगढ आउनुभयो । पारिवारिक अवस्था कम्जोर भएका वलीले चण्डीगढकाे एक घरमा काम गर्न थाल्नुभयाे।जनजागृती माध्यमिक बिधालय बाट कक्षा ५ सम्म अध्यन गर्नुभएको वलीले घरमा काम गर्न थालेपछि पढाइको महत्त्व बुझ्नुभयाे अन्ततः काम गर्दै पढ्न थाल्नुभयाे । १२ बर्षकाे कलिलाे उमेरमा वलीले प्रवासी मुलुकमा खाना पकाउने देखि भाडा माझ्ने सम्म गर्नुभयो ।
पढाइमा अब्बल अनि मेहनति वलिकाे प्रवासमा अरुका जुठा भाडा माझ्दै गरेकाे अध्यनले ठुलाे सफलता दियाे । इन्दिरा गान्धी युनिभर्सिटी दिल्लीमा बिए सम्म अध्यन गरेपछि उहाँ भारतकाे उच्च अदालत चण्डिगढमा सरकारी जागिरे हुनुभयो र विगत १८ बर्षदेखि सरकारी जागिरमा हुनुहुन्छ । नेपाली गितसंगितमा निकै रुचि हुनुभएका वलीले २ वटा नेपाली लाेकदाेहाेरी गितहरुमा माेडलिङ समेत गर्नुभएको छ। पछिल्लो समय उहाँलाई अमर वली लाम्बाकाे नामले धेरैले चिन्न थालेका छन् ।

दुर्गा सेन्चुरी र सपना गाहा मगरकाे स्वर रहेको मायाकाे अमृत पिउन देउ भन्ने गितमा माेडलिङ गरेरे नेपाली साङ्गितिक दुनियामा प्रवेश गर्नुभएका लाम्बाले माेड्लिङ गरेको गाेविन्द पाैडेल र हिरा नेपालीको स्वर रहेको बाेल मायालु बाेलकाे दाेस्राे गित ६ दिन पहिले मात्रै बजारमा आएको छ। नेपाली साङ्गितिक यात्रामा निरन्तर अगाडि बढ्ने चाहाना भए पनि कार्य ब्यस्तताले समय दिन नसकिरहेको उहाँको भनाई छ।
उमेरले ३८ बर्ष पुग्नुभएका लाम्बाकाे श्रीमती १ छाेरा र १ छाेरी पनि साथमै हुनुहुन्छ । भारतमा दुख गरेर अहिले तुलसीपुरमा समेत घर जग्गा खरिद गरेकाे लाम्बाले बताउनुभयो । नेपाली गित संगितमा केही गर्ने सपना देख्नुभएका लाम्बा राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान भारत शाखा चण्डीगढकाे बरिस्ठ उपाध्यक्ष समेत रहनेभएकाे छ।
सामाजिक कामहरूमा समेत सक्रिय लाम्वा अन्य थुप्रै संघसंस्थाहरुमा समेत अग्रसर हुनुहुन्छ । प्रवासी भुमिमा विभिन्न सांस्कृतिक कार्यक्रम आयाेजना गर्ने देखि अप्ठ्यारोमा परेका नेपालीहरुलाई विभिन्न निकायकाे सम्वनयमा सहयाेग समेत सहयाेग गर्दै आउनुभएको छ।
गित हेर्नुहाेस् :-