हापुरे ५ फागुन ।

बबई गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष हर्क बहादुर श्रीसले बबई गाउँपालिकाको हापुरेमा योग भवन निर्माणका लागी वजेटको ब्यबस्था गर्ने बताउनु भएको छ । वडा अध्यक्ष श्रीसले योगा मानव जिवनको अभिन्न अंग भएकाले नागरिकलाई योगा संग जोड्न भवन निर्माणमा स्थानिय सरकारको तर्फवाट पहल गर्ने बताउनु भयो । शुक्रबार हापुरेमा सम्पन्न २ महिने स्वस्थ जिवन शैली तथा प्रकृति मैत्री नमुना गाउँ÷सहर प्रबद्र्धन कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष श्रीसले यस्तो बताउनु भएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका श्रीसले पश्चिम दाङमा कोठा भाडामा लिएर समेत दैनिकरुपमा योगा अभ्यास सञ्चालन गरेको प्रति शिवशक्ति योग साधना केन्द्रलाई धन्यबाद दिदै मानव जिवन संग जोडिएको योगाको प्रबद्र्धनका लागी योग भवनको अति आबश्यक भएको समेत औल्याउनु भयो ।

२ महिना सम्म सञ्चालन हुने स्वस्थ जिवन शैली तथा प्रकृति मैत्री नमुना गाउँ÷सहर प्रबद्र्धन कार्यक्रममा दैनिक रुपमा योगाभ्यास, पाछिक बिएमआई र रक्तचाप मापनको माध्यमबाट स्वास्थ्य परामर्स, मासिक रुपमा सहभागिहरुको सुगर जाँच र स्वास्थ आहार सम्वन्धि प्रशिक्षण दिईने बताईएको छ । कार्यक्रम लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय राप्ति आयूर्वेद चिकित्सालय तुलसिपुरको आयोजना तथा योग साधना केन्द्र हापुरे र बबई गाउँपालिकाको सहकार्यमा सुरु भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर