
तुलसीपुर, ३ फागनु । संस्कृत विश्वविद्यालयमा निर्मित आयुर्वेद शिक्षण भवनको उदघाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङको बेलझुण्डीमा आउँदै हुनुहुन्छ । २४ करोड ७२ लाख लागतमा २०७४ मंसिर ३ गते निर्माण कार्य पुरा भएको भवनको एकसय आठवटा कोठा रहेका छन् ।
भवन निर्माणका लागि २०७० असार १७ गते टुन्नामुन्ना एण्ड आचार्य कन्ट्रक्सन जेभिले विश्वविद्यालयसंग सम्झौता गरेको थियो । विश्वविद्यालयमा १२ आंगिक र १२ सम्बन्धन प्राप्त क्याम्पसहरु रहेका छन् । राष्ट्रपति आउनुभन्दा अगाबै १० बजेभित्र आमन्त्रीतहरु कार्यक्रम स्थलमा पुग्नुपर्ने छ ।


कार्यक्रम तालिका
भवनको उद्घाटन ११:०० बजे उद्घाटन
दिपप्रज्ज्वलन र सरस्वतीमो मूर्तिमा माल्र्यापण
स्वागत
छात्रछात्राहरुबाट स्वदेशगान
योगकार्यक्रम
संस्कृत विश्वविद्यालयको जानकारी
प्रदेश प्रमुख, मुख्यमन्त्री, संचारमन्त्रीबाट शुभकामना मन्तव्य
राष्ट्रपतिबाट सम्बोधन
समापन