
काठमाण्डौ, ३ फागुन । नेपाल प्रहरीले लागुऔषध कारोबारमा संलग्न छ जना विदेशी नागरिकसहित १३ जनालाई पक्राउ गरी हिजो मङ्गलवार सार्वजनिक गरेको छ । लागुऔषध कारोबारमा संलग्नमध्ये चार जना थाई नागरिक, दुई जना भारतीय र सात जना नेपाली नागरिक रहेका छन ।


गएको माघ २४ गते काठमाण्डौ महानगरपालिका २८ बाट सोलुखुम्बुका ३५ वर्षीय लाक्पा शेर्पा पक्राउ परेका थिए । थप अनुसन्धानको क्रममा भारतीय नागरिक फैज अहमद, धनुषाका अयान रेजा र जाकिर नदाफ, काभ्रेका दीपक तामाङ र नुवाकोटका लक्ष्मण बखती लगायत पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिनुभएको छ । उहाँका अनुसार माघ २८ गते चार जना थाई नागरिक लागुऔषध चरेससहित पक्राउ परेका थिए ।