दाङमा श्रीमतीको कुटाईबाट एक पुरुष गम्भिर घाइते भएका छन । घाइते हुनेमा पश्चिम दाङको दंगीशरण गाँउपालिका ४ बैबाङ निवासी ५३ वर्षीय दुर्गा प्रशाद खड्का रहेको इलाका प्रहरी कार्यालय हेकुलीले जानकारी दिएको छ ।

सोमबार बिहान साडे १० बजेको समयमा घरायसी बिबादका कारण ५० वर्षीय श्रीमती मिना खड्काले कुटपिट गर्दा उनका श्रीमान दुर्गा प्रशाद गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरीएको प्रहरीले बताएको छ । कुटपिटमा संलग्न श्रिमतीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर