निराश पान्डे
शान्तिनगर २६ माघ शान्तिनगर गाउँ पालिका वडा नम्बर ७ खैरेनिको आयोजना एबं माध्यमिक बिद्यालय तुलसीपुरको ब्यबस्थापनमा तीन दिने वडा स्तरीय खेलकुद प्रतियोगिता बिहिवार देखि माध्यमिक बिद्यालय तुलसीपुरमा सुरु भएको छ। कार्यक्रमको उद्घघाटन गर्दै शान्तिनगर गाउँ पालिकाका अध्यक्ष प्रमोद बस्नेतले खेलमा एकाग्रता , अनुशासन र स्वस्थ प्रतिस्पर्धा हुनु पर्ने जनाएका छन कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष बस्नेतले खेल बाटै सहयोगिको भावना र आत्मियता समेत बढ्ने भएकोले खेलको निकै महत्त्व रहेको बताउनु भएको छ। प्रमुख अतिथी बस्नेतले शान्तिनगरले पनि केही दिन पछि गाउँ पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता राख्ने भएको हुनाले खेलाडी हरु लाई तयारी अबस्थामा रहन आग्रह समेत गर्नु भएको छ। वडा नम्बर ७ का अध्यक्ष तारा बहादुर ओलिको सभापतित्वमा भएको उद्घघाटन सत्रमा खेल संयोजक दिलिप बस्नेत , वडा सचिब ज्ञान बहादुर परियार लगाएतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।तीन दिन सम्म संचालित उक्त खेलमा भलिबल , फुटबल र क्रीकेट प्रतियोगिता संचालन हुने छन । उक्त कार्यक्रमको सहजीकरण पत्रकार निराश पान्डेले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर