
राम प्रसाद सुवेदी,
हापुरे माघ २४ गते । दाङको बबई गाउँपालिका ५ ट्वाङखोलामा रहेको चाँदनिघाट परीसरमा सरसफाई गरीएको छ । न्यानोपनमा हाम्रो सहयोग अभियानको सकृयतामा बबइ गाउपालिकाका युवाहरुको सहभागितामा ट्वाङखोला चाँदनीघाट परीसर र स्यानी उकालीमा रहेको बरपिपल वरिपरि सरसफाइ गरीएको न्यानोपनमा हाम्रो सहयोग अभियानका अभियान्ता राम वहादुर वलीले जानकारी दिनुभयो ।
बबई गाउँपालिकाको अधीकांस क्षेत्रका ब्यक्तीहरुको मृत्यु हुदा चाँदनिघाट परीसरमा अन्तिम दाहासंस्कार गरीन्छ भने स्यानी उकालीमा रहेको बरपिपल वरिपरि शवलाई घुमाउने परम्परा रहेको छ । यो क्षेत्रमा काटीएका कपाल, बिलेट, कपडा अनापश्यक काठ दाउरालाई सरसफाई गरी ब्यबस्थापन गरीएको वलीले जानकारी दिनुभयो ।

