हापुरे २१ माघ ।
हापुरे पुरन्धारा खानेपानी तथा सरसफाई उपभोक्ता समिती बबई ४ र ५ हापुरेको १५आंै साधारण सभा सम्पन्न भएको छ । साधारण सभा संस्थाका अध्यक्ष खिमे सोमैको अध्यक्षता तथा लुम्विनी प्रदेश सभासद धनबहादुर मास्की राजेशकोे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, बबई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्ति नन्द रावल, नेकपा एमालेका प्रदेश सदस्य भुवनेश्वर पौडेल, नेकपा एमालेका केन्द्रिय लेखा आयोग सदस्य साबित्रा बिश्वकर्मा, संस्थाका संथापक अध्यक्ष कृष्णबहादुर खत्री लगाएतले बोल्नु भएको थियो ।

साधारण सभामा संस्थाका अध्यक्ष सोमैले प्रगति प्रतिबेदन र संस्थाका सहसचिव शिबकुमार केसीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । संस्था उपाध्यक्ष राजकुमारी बुढाको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण संस्थाका सचिब तिर्थराज बिश्वकर्माले गर्नु भएको थियो । साधारण सभामा संगिना समुह बबईका कलाकारले खानेपानी तथा सरसफाई सम्वन्धि नाटक प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर